प्रदेश नं. १ मा १७९ नयाँ सङ्क्रमित थपिए

प्रदेश नं. १ मा १७९ नयाँ सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा १७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा आइतबार सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । नयाँ थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।

नयाँ सङ्क्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo