हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे हुँदा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज(बिहीबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश- १, प्रदेश- २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।































प्रतिक्रिया