बेलायतमा भूतपूर्व ब्रिटिश गोर्खाको अनशनः जीवन रक्षाको लागि नेपालमा प्रदर्शन

बेलायतमा भूतपूर्व ब्रिटिश गोर्खाको अनशनः जीवन रक्षाको लागि नेपालमा प्रदर्शन


भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले बेलायतमा आमरण अनशनमा बस्ने व्यक्तिहरुको जीवन रक्षाको लागि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

बेलायतमा रहेका भूतपूर्व ब्रिटिश गोर्खाले आफूहरुलाई समान काममा तलव, भत्ता तथा सेवा सुविधामा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखी आन्दोलन गरिरहेको छ ।

दुइ सातादेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसिरहेका छन् । बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले प्रदर्शन गरेको हो । 

भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबि घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताए। आफूहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उनको आरोप थियो । 

नेपाल सरकार र बेलायत सरकारले माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिने घिसिङले बताए।

Logo