आफ्नै सालाेको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले घटना भएको १२ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा देउमाई नगरपालिका–१ का ४६ वर्षीया रत्नबहादुर राई रहेका छन्।
प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेर इलाम ल्याएको छ। राईले १ वैशाख २०६६ मा साविक चमैता गाविस–१ हाल देउमाई नगरपालिका–१ चमैतास्थित धाराडाँडामा सोही स्थान बस्ने आफ्नै १९ वर्षीय सालो युवराज राईको हत्या गरेकाे अभियोग छ।
त्यस यता उनी फरार थिए। जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले भक्तपुर प्रहरीको समन्वयमा राईलाई पक्राउ गरेर इलाम ल्याएको हो। उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीले विभिन्न अपराध गरेर फरार रहेको अभियुक्तको खोज तलासलाई तीव्र बनाउन विशेष टिम नै गठन गरेको प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।न्युज कारखानाबाट





























प्रतिक्रिया