मानसरोवर कैलाश दर्शनमा भारतीय तीर्थालु, कोरोनाको डर

मानसरोवर कैलाश दर्शनमा भारतीय तीर्थालु, कोरोनाको डर

केन्द्रबिन्दु
0
Shares

कोरोना सङ्क्रमणले झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । 

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थालु हुम्ला पुग्न थालेका हुन्। चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थालुहरुको आगमन हुन थालेको हो। 

भारतीय तीर्थयात्री मानसरोवर दर्शनका लागि काठमाडाँैबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् । 

भारतीय पर्यटक नेपालगञ्ज हुँदै पनि हुम्ला आउन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ । 

उता ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक हवाईमार्गबाट हुम्ला पुग्न थालेपछि यहाँका स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । जिल्लामा अझै सङ्क्रमणको दर घटि नसकेका कारण विदेशी आउँदा उनीहरूको कोरोना परीक्षण नगरेको भए थप सङ्क्रमण बढ्न सक्ने सिमकोट–६ निवासी दशरथ रावत बताउँछन् ।
 
उनले भने, ‘भारतमै पनि सङ्क्रमणको अवस्था भयावह छ, उनीहरु जिल्ला पुग्दा थप जटिल समस्या निम्तिन सक्छ ।’ रासस 

Skip This
Logo