इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो, एउटा मोटरसाइकल पुरियाे

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो, एउटा मोटरसाइकल पुरियाे

केन्द्रबिन्दु
0
Shares

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ। 

गए राति ९ बजे गएको पहिराेमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए। अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए।

निरन्तरको वर्षापछि आएको पहिराले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ। यस क्षेत्रमा पैदल हिँड्न्समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताए। असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन्। 

पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै  सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ।रासस 

Skip This
Skip This
Logo