स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २ हजार ८३ पुगेको छ।
नेपालमा आज २ हजार ५२५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५०५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५१ हजार १ जना र एन्टीजेन परीक्षणबाट ८० हजार ९६७ जना पुगेको छ।
आज ३५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।
आज १४ हजार ८१० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ४९ हजार ३०४ जनाको पिसिआर र ४ लाख ४० हजार ७८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया