जेबि टुहुरेकाे सम्पूर्ण उपचार खर्च सरकारले व्यहाेर्ने

जेबि टुहुरेकाे सम्पूर्ण उपचार खर्च सरकारले व्यहाेर्ने

केन्द्रबिन्दु
0
Shares

जनवादी गायक जेबि टुहुरेकाे सम्पूर्ण उपचार खर्च सरकारले व्यहाेर्ने भएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वकाे सरकारले उपचार खर्च व्यहाेर्ने नेपाली कांग्रेसले जनाएकाे छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने-'गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेबि टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।जेबि दाइको शीघ्र स्वास्थलाभका लागि भगवानसँग प्रार्थना गर्दछु ।'

गत मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेपछि ७६ वर्षीय टुहुरेलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। उनको अहिले सीसीयू कक्षमा उपचार भइरहेको र मष्तिष्कको नशा सुन्निएको चिकित्सकले जनाएकाे छ । 

Skip This
Skip This
Logo