मानसरोवर कैलाशको दर्शन गर्न सद्गुरु नेतृत्वको १०३ जनाको टोली सिमिकोटमा

मानसरोवर कैलाशको दर्शन गर्न सद्गुरु नेतृत्वको १०३ जनाको टोली सिमिकोटमा


मानसरोवर कैलाश दर्शनका लागि सद्गुरु नेतृत्वको १०३ जनाको टोली हुम्लाको सिमिकोट पुगेको छ।

हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा परिचित कैलाश मानसरोवरको दर्शनका लागि टोली सिमिकोट पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। 

सदगुरु मंगलबार नै हुम्ला जाने कार्यक्रम तय भएको थियो। तर, खराब मौसमका कारण उडान हुन नसकेपछि उनी एक दिन ढिलो अर्थात् बुधबार मात्र हुम्ला पुगे। विमानस्थलबाट सदगुरुलाई मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उनी हिँडेरै बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म पुगेका थिए।

टोली नाम्खा गाउँपालिका-६ मा रहेको लिमी उपत्यकाको ५ हजार मिटर उचाइँ हुँदै लाप्चाबाट मानसरोवर जानेछ।सद्गुरु ईशा फाउन्डेशन नामक गैरनाफामुलक  संस्थाका  संस्थापक  हुन्। 

योग, ध्यान सिकाउनुका साथै सामाजिक एवं सामुदायिक विकास योजनामा अनवरत उनी गत शनिबार नेपाल आएका थिए । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको लेखेका छन्। ईशा फाउन्डेसनले भारतसहित, अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ। 

उनकाे वास्तविक नाम जग्गी वासुदेव हाे । उनकाे जन्म ५ सेप्टेम्बर १९५७ मा भारतकाे कर्नाटक राज्यको मैसुर सहरमा भएको हो।न्युज कारखानाबाट

Logo