काठमाडौं उपत्यकामा ७१५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ७१५ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यकामा ७१५ जना कोभिड संक्रमित थपिएका छन्। थपिएका मध्ये काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ।

नेपालमा आज २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४८८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५६ हजार ४९२ जना र एन्टीजेन परीक्षणबाट ८२ हजार ४५६ जना पुगेको छ। 

आज २५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ।

आज १३ हजार ११७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ७७ हजार ४६९ जनाको पिसिआर र ४ लाख ५४ हजार ६९४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo