म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं: स्वास्थ्य मन्त्रालय

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं: स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ। 

मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो। 

मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागि ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ।

‘कोरोना भाइरसविरुद्धको खोपको म्यादको सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनु अघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौं,’ सूचनामा भनिएको छ।

Skip This
Skip This
Logo