नेपालमा आज २ हजार २२२ जना निको भए, १ हजार ८५७ संक्रमित थपिए

नेपालमा आज २ हजार २२२ जना निको भए, १ हजार ८५७ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २२२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ।

नेपालमा आज १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३४१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५८ हजार ८ जना र एन्टीजेन परीक्षणबाट ८२ हजार ७९७ जना पुगेको छ। 

आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।

आज १३ हजार १७६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ८६ हजार ८७८ जनाको पिसिआर र ४ लाख ५८ हजार ४६६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo