गढी गाउँपालिका-१ का वडाध्यक्षको निधन

गढी गाउँपालिका-१ का वडाध्यक्षको निधन

केन्द्रबिन्दु
0
Shares

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाले जनाएकाे छ । 

गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार मुटुसम्बन्धी समस्याका कारण चौधरी अस्पताल भर्ना भएका थिए ।

चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Skip This
Skip This
Logo