आज प्रदेश १, २ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

आज प्रदेश १, २ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही तल छ । अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo