ओलीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

ओलीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

अन्तरिम आदेश हुने/नहुने भन्नेबारे पनि छलफलका लागि निवेदक ओली र विपक्षीहरूलाई यही भदौ २८ गते बोलाएको छ।

ओलीले रिटमार्फत् नेता माधवकुमार नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) दर्ता प्रक्रिया खारेजबारे अन्तरिम आदेश दिन माग गरेका थिए। 

उनले कारबाही गर्दै १४ सांसदलाई पदमुक्त गर्न गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको जिकिर पनि गरेका छन्।

अध्यक्ष ओलीले निर्वाचन आयोग, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीविरुद्ध ओली १७ भदौमा अदालत गएका थिए। 

Logo