इन्द्रजात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ। काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उदेश्यका साथ खोप अभियान चलाइएको बताए। ‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन। अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई नियमित गर्नु पर्नेछ', उनले भने ।
खोपसहित जात्रा सञ्चालनका लागि मास्क, पञ्जा, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइने उनले बताए।
महानगरको कार्य प्रसंसा योग्य रहेको बताउँदै इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले खुशी व्यक्त गरे।
यस वर्ष इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन्। भदौ २३ गते बिहान १० बजेर ५२ मिनेटमा बनयात्रा सुरु गरिएको थियो। त्यसै दिन बेलुका ७ बजेर २७ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने लिङ्गोका लागि रुख काटिसकिएको छ।
भदौ २९ गते मंगलबार बिहान १० बजेर ३४ मिनेटको साइतमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ। असोज २ गते शनिबार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुनेछ। त्यसको भोलिपल्ट असोज ३ गते कुमारी रथयात्रा सुरु हुनेछ। त्यस दिन बसन्तपुरको तल्लो टोल र असोज ४ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ। ८ गते नानिचा यात्रा हुनेछ। त्यसैदिन राति १० बजेर ५६ मिनेटको साइतमा इन्द्रध्वज पतन हुनेछ। यसपछि जात्रा सकिनेछ।न्युज कारखाना































प्रतिक्रिया