टिकटकका कारण युवतीको ज्यान गयो

टिकटकका कारण युवतीको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन्। मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन्। 

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए। उनीसहित दुई जना साथी पनि थिए।

लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो। नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ।

बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
 

Logo