सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न दुई जनालाई जन्मकैदको सजाय भएको छ।
राजविराज-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न उनकै देवर ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।
न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला सुनाएको हो। उक्त हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका-७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाई अदालतले तीन वर्ष कैदको फैसला गरेको छ।
सोही घटनामा संलग्नको आरोप लागेका राजविराज नगरपालिका-१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जीवनारायण साहलाई अदालतले सफाइ दिएको छ।
साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया सोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
बेचनीदेवीको शव ३१ जेठ २०७५ मा उनकै घरको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो। बेचनीदेवीका बुबा रामकुमारले ६ असार २०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।न्युज कारखाना































प्रतिक्रिया