जोरपाटीमा जुवा खेल्दै गरेका २० जना पक्राउ, खालबाट लाखौँ नगद बरामद

जोरपाटीमा जुवा खेल्दै गरेका २० जना पक्राउ, खालबाट लाखौँ नगद बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले चार लाख ७५ हजार बरामद गरेको छ। 

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। 

उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ। 

Logo