सर्वोच्च अदालतमा आज माधव नेपालसहित १४ जना सांसदको पद खारेजीकाे माग गर्दै सभामुख, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाई एमाले अध्यक्ष केपी ओलीले दायर गरेकाे रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।
सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजको लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो ।
आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै रिट दायर गरेका थिए ।





























प्रतिक्रिया