व्यापारी मृत्यु प्रकरणः शङ्का लागेका पाँच जना प्रहरी नियन्त्रणमा

व्यापारी मृत्यु प्रकरणः शङ्का लागेका पाँच जना प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए। उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा सम्लग्न भएको आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको र अनुसन्धान चलिरहेकाले उनीहरूको नाम खुलाउन नमिल्ने बताए। महरालाई  सन्सेरीमाडौँकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। 

अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।

Skip This
Skip This
Logo