मानव बेचबिखनमा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ

मानव बेचबिखनमा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा साविकको पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन्। 

जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो। 

फरार अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई मंगलबार जिल्ला अदालत समक्ष पेश गरेको थियो। जिल्ला अदालतले अभियुक्त जोशीलाई कारागार चलान गरेको छ। 

Skip This
Skip This
Logo