११ लाख भारतीय रुपैयाँसहित पक्राउ

११ लाख भारतीय रुपैयाँसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

११ लाख रुपैयाँ बराबर भारतीय नोटसहित इलामको सूर्योदय नगरपालिकाका- १० का एक व्यवसायी पक्राउ परेका छन् ।

सूर्योदय नगरपालिका- १० का अनुप अग्रवाललाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले उक्त रकमसहित पक्राउ गरेको हो ।

मे१च ६४२४ कार जाँच गर्ने क्रममा अग्रवालको साथबाट उक्त मूल्य बराबरको भारतीय नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ । भारतीय नोटसहित पक्राउ परेका अग्रवाललाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । अग्रवालले फिक्कल बजारमा व्यवसाय संचालन गर्दै आएका छन् ।

इलाम जिल्लामै भारतीय नोटको सटही काउन्टर छैन । सटही काउन्टरको अभावमा व्यक्तिहरूले नै नोट सटही गर्ने गरेका छन् । अग्रवालले समेत सटही काउन्टरबिनै भारतीय नोट साट्ने गरेका बुझिएको छ । 

Skip This
Skip This
Logo