कोरोना अपडेटः १ हजार ११४ जना निको हुँदा ९६८ संक्रमित थपिए

कोरोना अपडेटः १ हजार ११४ जना निको हुँदा ९६८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ११४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३३८ पुगेको छ।

नेपालमा आज ९३८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९८ हजार ७६६ जना र एन्टीजेन परीक्षणबाट ९२ हजार ४५८ जना पुगेको छ। 

आज ६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।

आज १६ हजार ४२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ४५ हजार ६३८ जनाको पिसिआर र ५ लाख ९७ हजार २ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo