यस वर्षकाे मनसुन बाहिरिँदै, यस्तो छ तीन दिनको माैसम पूर्वानुमान

यस वर्षकाे मनसुन बाहिरिँदै, यस्तो छ तीन दिनको माैसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

नेपालमा मनसुन क्रमशः बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको हो । बाँकी प्रदेश तथा स्थानमा भने मनसुन कायमै छ। यो हट्न अझै केही दिन लाग्न सक्ने अनुमान मौसमविद्ले गरेका छन्। अहिले प्रदेश १ र बाँकी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान

शनिबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार

Skip This
Skip This
Logo