अचानक आएको हावाहुरीले लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना,धरानका रोशन अधिकारी घाइते

अचानक आएको हावाहुरीले लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना,धरानका रोशन अधिकारी घाइते


सप्तकोशी किनारास्थित उदयपुरको बेलका नगरपालिका- ८ लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना भएको छ। 

धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ अचानक वर्षातसँगै आएको हावाहुरीले उडाएर सप्तकोशीको लाहुरेखोँच पुर्‍याएकाे थियाे। 

प्याराग्लाइडिङ दुर्घटनामा धरान उपमहानगरपालिका–४ का ४८ वर्षिय रोशन अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए।

घाइते अधिकारीको दुर्घटनामा पछाडिको ढाड भाँटिएको हुन सक्ने अनुमान गरिएको छ। उनलाई तत्काल उद्धार गरि उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको चतरास्थित अस्थायी प्रहरी पोष्टले जनाएको छ।

Logo