कर्णाली प्रदेशः दसैँ अवधिभर २१ वटा सवारी दुर्घटना, ३७ जनाको मृत्यु

कर्णाली प्रदेशः दसैँ अवधिभर २१ वटा सवारी दुर्घटना, ३७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दसैँको अवधिभर कर्णाली प्रदेशमा साना–ठूला गरी २१ वटा सवारी दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको जनाएको छ।

यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना असाेज २६ गते मुगुमा भएको छ। नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए। यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए। दसैंकाे बेलामा दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीन जनाको मृत्यु तथा २२ घाइते भएका थिए। रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएको उनले जानकारी दिए।

मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा एक/एक सवारी दुर्घटना भए। प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ।रासस

Skip This
Skip This
Logo