वर्षाका कारण कतै राहत, कतै घात

वर्षाका कारण कतै राहत, कतै घात

केन्द्रबिन्दु
0
Shares

आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ। नल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेका छन्।

धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो। अर्कोतिर मकै भित्र्याएर लगाइएका गहुँ, तोरी र तरकारी बालीलाई भने फाइदा भएको छ।

आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए। पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ।

यो समाचार तयार पर्दासम्ममा पानी निरन्तर परिरहेको छ। 

Skip This
Skip This
Logo