मंसिर २१ गतेदेखि २३ सम्म पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

मंसिर २१ गतेदेखि २३ सम्म पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।

प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालले भूकम्पपछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव आगामी पुस्ता र विश्वसामू देखाउनका लागि भन्दै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको छ।

नेपालमा २०७२ साल वैशाख १२ गते गएको भूकम्पले देशका लाखौं घर, विद्यालय, मन्दिर लगायतमा ठूलो क्षति पुर्याएको थियो भने, १० हजार मानिसको मृत्यु भएको थियो। सोही संरचना पुनर्निर्माणका लागि नेतृत्व गरेको प्राधिकरणले आगामी मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए।

सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानको प्रस्तुतिका साथै विषयगत गोष्ठीहरू हुनेछन्।

उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न प्रतिनिधिहरूको सहभागी हुने प्राधिकरणले जनाएको छ।

Skip This
Skip This
Logo