रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसिकोट नगरपालिका वडा नं- १३ का वडाध्यक्ष ४० वर्षीय दीपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मुसिकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल बुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन् । प्रहरीले उनीहरूबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको छ ।





























प्रतिक्रिया