सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो ।
मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२ कि ५३ बर्सिया प्रभा चलाउने, शारदा–२ कि ६१ बर्सिया मिना डाँगी, शारदा–३ कि ६६ बर्सिया लिला बुढाथोकी, त्रिवेणी–१ काभ्रा कि २४ बर्सिया मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने ६० बर्सिया डुली रेउले, बबई–६ पन्चकुले बस्ने ७० बर्सिया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ बर्सिया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ ।





























प्रतिक्रिया