तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै विभागले भन्याे, ‘जाडाे बढ्याे, सतर्क रहनुहाेला’

तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै विभागले भन्याे, ‘जाडाे बढ्याे, सतर्क रहनुहाेला’

केन्द्रबिन्दु
0
Shares

अहिले देशको पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन।

तीन दिनको पूर्वानुमान

आज
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

शुक्रबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

Skip This
Skip This
Logo