काठमाडौँ उपत्यकामा तापक्रम घट्दै जाँदा चिसो बढेको छ। उपत्यकासहित देशभर चिसो बढ्दा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ।
उपत्यकाको बिहीबारको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो। दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् बताउँछन्। दिनभर घाम लागे पनि बिहान-बेलुका जाडो बढेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली भने छैन।
यस्तो छ तीन दिनको पूर्वानुमान
आज
दिउँसो: देशको प्रदेश न १ र प्रदेश २ का भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
राति: प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
शनिबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आइतबार
दिउँसो: देशका प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।































प्रतिक्रिया