रोल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु, तीन जना घाइते

रोल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु, तीन जना घाइते

केन्द्रबिन्दु
0
Shares

रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। 

आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार मृतकको  मृतकको पहिचान खुलिसकेको छैन। 

छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ।

माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन।

Logo