जनगणना ८० प्रतिशत सकियो, लिम्पियाधुराको अन्योल कायमै

जनगणना ८० प्रतिशत सकियो, लिम्पियाधुराको अन्योल कायमै

केन्द्रबिन्दु
0
Shares

१२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्नेछ।

विभागका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ। अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ।

जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक-लिम्पियाधुरा-कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्योलमा छ।

यस क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको विभागले जनाएको छ। विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ।

Skip This
Skip This
Logo