बाढीले जिप बगाउँदा चालककाे मृत्यु

बाढीले जिप बगाउँदा चालककाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुमा बाढीले आज जिप बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जिप बगाउँदा गुल्मी रेसुङ्गा-९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो ।

वाणगङ्गा-९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जिपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ । नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जिपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए ।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ ।

Skip This
Skip This
Logo