हुम्लाको लिमीमा २१५ क्विन्टल खाद्यान्न पुर्‍याइयो

हुम्लाको लिमीमा २१५ क्विन्टल खाद्यान्न पुर्‍याइयो

केन्द्रबिन्दु
0
Shares

खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ। नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २५०  क्विन्टल खाद्यान्न पुर्‍याइएको हो। 

लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि  वडाध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनु पर्ने माग गर्दै काठमाडौंमा पुगेका थिए। जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो।

लिमी क्षेत्रमा पठाएको २५० क्विन्टल खाद्यान्नले करिब चार महिना खान पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। ‘यो खाद्यान्नले त्यहाँ तीनदेखि चार महिना पुग्छ’,  उनले भने, ‘अभाव भए थप पठाउनेछौं।’

लिमी क्षेत्रमा हिमपातका कारणले आवातजावत गर्न समस्या हुने गरेको छ। नाम्खाका लागि यस वर्ष एक हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर, हालसम्म ढुवानी भएको थिएन। खाद्यान्न ढुवानी समयमा नहुँदा भोकमरीको समस्या निम्तिएको थियो। 

Skip This
Skip This
Logo