छथर जोरपाटी गाउँपालिकाले असिनापीडित ६७ किसानलाई राहत वितरण गरेकाे छ। अपाङ्गता भएका २८ जनालाई सहयाेग पनि गरेकाे छ।
पालिकाले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ६७ किसानलाई नगद राहत र अपांगता भएकालाई नगद र यन्त्र सहयोग गरेको हो।
तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२,आंशिक २०, सामान्य २३ र बाली क्षतितर्फ दुई परिवारलाई राहत दिइएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए। पूर्ण क्षति भएका किसानलाई १५ हजार,आंशिकलाई १० हजार, सामान्यलाई ५ हजारका दरले र बाली क्षति भएका १-१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय गरी ६ लाख ४२ हजार ५ सय बराबरको राहत दिइएको छ।
१६ जना अपांगता भएका व्यक्तिलाई श्रवण यन्त्र र १२ जना अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ। शिविर सञ्चालनका क्रममा चिकित्सकले सिफारिस गरेकालाई श्रवण यन्त्र र आर्थिक अवस्था कमजोर भएका 'ग' र 'घ' वर्गका अपांगता भएकालाई नगद ५ हजारका दरले सहयोग गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन्।





























प्रतिक्रिया