उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान

उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान

केन्द्रबिन्दु
0
Shares

त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन्। 

त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरीले जनतासँग उपमेयर कार्यक्रमबाट द्वन्द्वपीडित तथा एकल महिलालाई केही सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।

वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक परिवर्तन सम्भव हुने बताए। उनले द्वन्द्वपीडित परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले योजना बनाउने बताए। 

मुलुक परिवर्तनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आइतबार आयोजना गरेको टोल विकास संस्थासँगको अन्तर्क्रिया र द्वन्द्वपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरूले परिवर्तनका लागि लडेकाहरूको उचित सम्मान हुनु पर्ने बताए। 

Skip This
Skip This
Logo