हिउँले सडक अवरुद्ध, हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार

हिउँले सडक अवरुद्ध, हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार

केन्द्रबिन्दु
0
Shares

उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ। हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। 

उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन्। स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हाे। राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो। 

व्यवस्थित र सुविधासहितका अस्पताल, प्रसूतिगृह नहुँदा तथा अरु कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन्।

स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ। हिउँले गाउँभरी सेताम्य भएको र बाटोसमेत अवरुद्ध भएकाले हेलिकोप्टरबाट उनको उद्धार गरिएको थियो। 

Logo