काठमाण्डौं महानगरपालिकाले २७ औँ महानगर दिवसको अवसरमा आज (बुधबार) काठमाण्डौंका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको छ । उक्त अवसरमा वसन्तपुरमा परम्परागत बाजासहित आज धुमधामका साथ विशेष कार्यक्रमसमेत आओजना गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते महानगर घोषणा गरिएको थियो । यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
आफ्नो कार्यकालमा चार सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको महागरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए। यस्तै स्वास्थ्यका क्षेत्रमा ‘वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डायलासिस सेवा सुरु गरिएको छ । त्यसैगरी वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणाधीन अवस्थामा रहेको पनि उनले जानकारी दिदिए। यस्तै शिक्षाका क्षेत्रमा ‘महानगरभित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ ।





























प्रतिक्रिया