काठमाडौं । स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई विभिन्न स्थानहरूबाट आइतबार पक्राउ गरेको छ ।
साथै जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा फरार अन्य २ जना, जुवा मुद्दामा फरार ५ जना, घरेलु हिंसा मुद्दामा फरार १ जना, दुनियाबादी फौजदारी मुद्दामा फरार ३ जना, नाता कायम मुद्दामा फरार १ जना, अंशबण्डा जग्गा अंश हक कायम मुद्दामा फरार १ जना, सम्बन्धबिच्छेद मुद्दामा फरार २ जना, कुटपिट मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार १ जना, डाँका मुद्दामा फरार ४ जना गरी २५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सबैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।





























प्रतिक्रिया