भूपू ब्रिटिस आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

भूपू ब्रिटिस आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

केन्द्रबिन्दु
0
Shares

खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका भूपू ब्रिटिस आर्मी धनबहादुर राईले गाउँमा हेलिप्याड बनाइदिएका छन् । बेलायतमै रहेका राईले मृतक श्रीमतीको स्मृतिमा बासपानी वडा कार्यालयनजिकै आफ्नै जग्गामा हेलिप्याड निर्माण गरी दिएका हुन् ।

राईले स्वास्थ्य समस्या परेका स्थानीयको उपचारमा सहयोग गर्ने गरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलिकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । 

हेलिप्याड निर्माणापछि प्रसूति तथा दुर्घटनाका कारण तत्काल अस्पताल पुर्‍याउनु पर्ने बिरामीले छिट्टै उपचार पाउन सक्छन् । यसअघि स्थानीयको खेतबारीमा हेलिकाेप्टर ल्याण्ड गर्नुपर्ने वध्यता थियो । कहिले काही ल्याण्ड गर्ने ठाउँ नभेट्दा बिरामीको ज्यानै समेत जाने अवस्था थियो । हेलिप्याड बनाइदिने राईलाई वडा कार्यालयले शुक्रवार सम्मान गरेको छ । भूपू ब्रिटिस आर्मी राईले श्रीमतीको कपुरथान (चिहान)लाई पनि कंक्रिट गरेका छन् ।

Logo