बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी

बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी

केन्द्रबिन्दु
0
Shares

बैतडीको दोगडाकेदार गाउँपालिका-२ स्थित बडियाँ बजारमा चोरी भएको छ। शुक्रबार राति पसलको ताल्चा फोडेर दुई लाख रकम बढीको मालसामान र नगद चोरी भएको व्यापारीले बताएका छन्। 

स्थानीय व्यापारी उमापति भट्टले सञ्चालन गरेको केदार भूमिराज मसानी ट्रेडर्सबाट एक लाख ५० हजार बराबरको मालसामान चोरी भएको छ। आफ्नो पसलबाट लुगा कपडा, जुत्ता चप्पल र घ्युका डब्बा चोरीएको व्यापारी भट्टले बताए। 

यसैगरी काशिसिंह विष्टले सञ्चालन गरेको कैलपाल खुद्रा पसलबाट नगद २५ हजार रकमसहित ८० हजार रकम बराबरको धनमाल चोरी भएको छ। 

घटनाबारे शनिबार बिहान प्रहरीलाई जानकारी गराएपछि खोचलेक प्रहरीचौकीको टोली घटनास्थलमा गएर मुचुल्का तयार गरेको छ। 

यी पसलमा बेलाबेलामा चोरी हुने गरेको व्यापारीले बताएका छन्। भट्टको पसलबाट यस पटकसमेत गरेर पाँच पटक चोरी भैसकेको र विष्टको पसलबाट गत मंसिर ८ गतेसमेत ६० हजार रकम बराबरको धनमाल चोरी भएको सम्बन्धित पसलका व्यापारीले बताएका छन्। 

हिजो चोरी भएका बेला पसलको ताल्चा फुटाउन प्रयोग भएको फलामको रड र चोरी गर्ने व्यक्तिका चप्पल घटनास्थलमै भेटिएका छन्। घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

Skip This
Skip This
Logo