काभ्रेमा नयाँ नागरिकता बनाउनेका लागि बार अनुसार सेवा

काभ्रेमा नयाँ नागरिकता बनाउनेका लागि बार अनुसार सेवा

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नयाँ नागरिकता बनाउने सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ। कार्यालयले साेमबार एक सूचना जारी गर्दै समय तालिका हेरफर गरिएको बारे जानकारी गराएको हाे।

दैनिक रूपमा नयाँ नागरिकता बनाउन आउनेको संख्या बृद्धि भएपछि भीड कम गर्न समय तालिका हेरफेर गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार विश्वव्यापी रुपमा फैलिरहेको काभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पौष १५ गतेबाट लागू हुनेगरी समय तालिका हेरफेर गरिएको हो।

अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, चौंरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र बिहीबार र बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीका लागि मंगलबार र शुक्रबार समय तोकिएको छ।

त्यसबाहेकका जिल्लाको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका सेवाग्राहीका लागि भने दैनिकरूपमा नै सेवा प्रवाह हुने जनाइएको छ।

Logo