काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितकाे संख्या अत्याधिक बढ्दो क्रममा रहेकाे छ । आज मात्र देशभरकाे कुल संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५८ प्रतिशत थपिँदा हिजो ५९ प्रतिशत थपिए ।
असोज लागेपछि देशभरमा ५ हजार ७९५ जनामा कोरोना संक्रमण देखिएकाे छ । असोज १ गते देशभर १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण थप हुँदा काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना भाइरस संक्रमण भएको थियो।
गत असोज २ गते देशभरमा २ हजार २० जनामा कोरोना संक्रमण थपिँदा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण भएको थियो ।
यस्तै ३ गते देशभर १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। भने काठमाडौंमा उपत्यकामा ७११ जनामा कोरोना भाइरस संक्रमण भएको थियो आज देशभरमा १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना भाइरस संक्रमणबाट आइतबार काठमाडौंमा चार, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको छ।
शनिबार काठमाडौंमा दुई र ललितपुरमा तीन जनाको मृत्यु भएको थियो।
यस्तै २ गते काठमाडौंमा दुई, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको थियो भने १ गते काठमाडौंमा एक जनाको मृत्यु भएको थियो।
चार दिनमा उपत्यकामा मात्र २ हजार ९५५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यो असोज महिनामा देशभर संक्रमितमध्ये करिब ५१ प्रतिशत हाे ।































प्रतिक्रिया