नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्धको बिम्बको रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका छन् ।
नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभूत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरूलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन् । उनले समाज परिवर्तनको वाहकको रूपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताए ।
संयोजक भण्डारीले नेपाल स्काउटका सदस्यहरूले मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउनु पर्ने भन्दै यसका लागि युवा पुस्ता तयार हुनुपर्ने बताए । उनले स्काउटले देशका हरेक कुनाको प्रतिनिधित्व हुने गरेर काम नगरे देशको विकास हुन नसक्ने बताएका छन् ।
संयोजक भण्डारीले भने, ‘समाजका विकृति र विसंगतिहरु विरुद्धको बिम्बको रूपमा नेपाल स्काउट उभिनुपर्छ । सबल, सक्षम समाज निर्माण गर्नका लागि अब तपाईँहरूको तहबाट राज्यले परिकल्पना गरेको छ । परिकल्पना गरेको चिज भनेको त्यहाँका बालबालिकाहरू, त्यहाँका जुन कुनै समुदायका मान्छेहरू, कुनै पनि समाजका सूचनाका हकबाट, तालिमको दृष्टिकोणबाट एउटा सबल नेतृत्व गर्नको लागि कुनै कुराले अभाव हुने छैन भन्ने महसुस गराउने गरी कर्णालीलाई परिवर्तन गर्नुपर्छ । पहिलो कुरा मानिसका धेरै चिन्तन र सोचहरूमा परिवर्तन ल्याउनु छ । त्यो सोच र चिन्तनहरूमा परिवर्तन ल्याउने काम यो जमातले गर्नुपर्छ । तपाईँले तालिममा जे शिक्षा पाउनुभएको छ त्यो कुरा स्काउटको प्रत्येक विद्यालयमा अनिवार्य सिकाउने शिक्षाको रूपमा परिणत गर्नुपर्छ र तपाई एउटा समाज परिवर्तनको वाहकको रूपमा निस्किनुपर्छ । तपाईँहरूलाई लिडरशीपमा देख्न पाउनुपर्छ । स्थानीय पालिकाहरूको नेतृत्व विकासमा तपाईँको भूमिका हुनुपर्छ । जबसम्म तपाईँले कर्णाली प्रदेशका कुना कुनालाई प्रतिनिधित्व हुने गरी काम गर्नुहुन्न तबसम्म समाज परिवर्तन हुँदैन । नेपाल विकास हुँदैन ।’
संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामीण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताए ।
नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको
नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताएका छन् ।
Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, 30 December 2021





























प्रतिक्रिया