चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको २० किलोमिटर एकीकरण पदयात्रा

चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको २० किलोमिटर एकीकरण पदयात्रा

केन्द्रबिन्दु
0
Shares

उदयपुरको चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकीकरण पदयात्रा सञ्चालन गरेको छ। नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेनाकाे रणशार्दुल गणले चौदण्डीगढी किल्लामा शनिबार एकीकरण पदयात्रा सञ्चालन गरेको हो।

नेपाली सेनाको आयोजनामा चौदण्डीगढी नगरपालिका–६ बेल्टार बजारबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सांस्कृतिक झाँकीसहित मार्चपास गरेको थियो । टाेली चौदण्डीगढी नगरपालिकाकै वडा नं. १ स्थित ऐतिहासिक चौदण्डीगढी किल्ला क्षेत्रसम्म  पुगेकाे थियाे । 

समाराेहमा  प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोरा, चौदण्डीगढी नगरपालिका वडा नं. १ का जनप्रतिनिधी, स्थानीय बुद्धिजिवीलगायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो।

ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणका साथै राष्ट्रिय एकता र प्रतिष्ठाको प्रबर्द्धन हुने नेपाली सेनाले बताएको छ। नेपाली सेनाको रणशार्दुल गणले लामेसमयदेखि गढी किल्ला संरक्षण तथा प्रबर्द्धको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संयुक्त टोलीले बेल्टार बजारदेखि चौदण्डीगढी दरबार सम्म करिब २० किलोमिटर पदयात्रा गरेको थियो। 

Logo