काेराेना अपडेटः ५४० जनामा संक्रमण पुष्टि, २७१ जना निकाे भए

काेराेना अपडेटः ५४० जनामा संक्रमण पुष्टि, २७१ जना निकाे भए

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार २०९ जनाको पिसिआर परीक्षण र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ३० हजार ४८० र एन्टिजेन परीक्षणबाट ९६ हजार ४४५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २७१ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १३ हजार ४४७ पुगेकाे छ।

संक्रमणबाट बिहीबार १ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६०२ रहेकाे छ।

नेपालमा हाल ५ हजार ४३१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख २० हजार ६५३ खाेप लगाइएकाे छ।

Logo