काठमाडौं उपत्यकामा ३७८ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३७८ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ३७८ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार २७२ जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ३१ हजार ५२ र एन्टिजेन परीक्षणबाट ९६ हजार ८४१ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २६२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १३ हजार ७०९ पुगेकाे छ।

संक्रमणबाट शुक्रबार कसैकाे पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६०२ रहेकाे छ।

नेपालमा हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ६३ हजार ३७१ खाेप लगाइएकाे छ।

Logo